सोमबार, वैशाख २१, २०८३

सांसदहरूले विवेक प्रयोग गर्नु पर्ने बेला आएको छ : कानुन मन्त्री बडु

मेरोन्यूज २०७८ फागुन १ गते १२:३६

काठमाडौँ । कानुन न्यान तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले न्यायलयलाई निकास दिन प्रधानन्यायधीशविरुद्ध महाअभियोग दर्ता गरेको बताएका छन् । उनले अब प्रतिनिधिसभामा सांसदहरूले आफ्नो विवेक प्रयोग गर्नु पर्ने अवस्था आएको बताए ।

Advertisement
NiccNicc

‘अबको निकास संवैधानिक निकास मात्रै बाँकी रहेकाले सांसदहरूले आफ्नो विवेश प्रयोग गर्छन,’ उनले भने, ‘अब जनताले प्रश्न गर्ने अवस्थाबाट न्यायापालिका बाँचेको छ ।’

‘न्याय पालिकाभित्रको विवाद यसरी छताछुल्ल भएर जाँदासम्म यो अवरोध धेरै दिन जानु हुँदैन थियो, हामीले भनौँ नि हाम्रो सीमा छ, हामी कार्यापालिका हो, न्यायपालिका स्वतन्त्र छ,’ मन्त्री बडुले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्तले हामीले जुन भूमिका निभाउन सक्थ्यौँ, त्यो गरेऔँ, अहिलेको अवरोध फुक्न नसक्ने अवस्थामा एउटा संवैधानिक निकास त खोज्नु पथ्र्यो, त्यस कारण त्यो अवधि मात्रै लिइएको हो ।’

प्रतिक्रिया