राष्ट्रियसभा उपाध्यक्षदेखि प्रदेश उपसभामुखसम्म एउटै ‘मोर्चा’ मा
सम्वैधानिक परिषद्मा राष्ट्रियसभा उपाध्यक्ष सहभागी गराउन संविधान संशोधनको माग

काठमाडौं । राष्टियसभाका उपाध्यक्ष र सात वटै प्रदेशका उपप्रमुखहरुले संविधान संसोधनको माग उठाएका छन् । राष्ट्रपति देखि प्रधानमन्त्री सम्मलाई भेटेर उनीहरुले संविधानको धारा २८४ संसोधन गरेर सम्वैधानिक परिषद्मा राष्ट्रिय सभाका उपाध्यक्षलाई पनि समावेश गर्न माग गरेका छन् ।
संविधानको धारा २८४ मा सम्वैधानिक परिषद् सम्वन्धी ब्यवस्था छ । उक्त धारा अनुसार सम्वैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीस, सभामुख, उपसभामुख र विपक्षी दलका नेता परिषद्को सदस्य हुने ब्यवस्था छ । उक्त धारा संसोधन गरी राष्टिय सभा उपाध्यक्षलाई पनि सम्वैधानिक परिषद सदस्य बन्न पाउने ब्यवस्था गर्न उनीहरुले माग गरेका हुन् ।

राष्ट्रि«य सभा र प्रतिनिधीसभा दुवैमा सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्ष मध्ये एक पुरुष र एक महिला अनिवार्य हुनुपर्ने ब्यवस्था छ । सोही कारण उनीहरुले संविधान संशोधनको माग गरेका हुन् । उनीहरुले प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेश सभाका सभामुख मध्ये एक तिहाई महिला हुनुपर्ने, स्थानिय तह तर्फ पालिका प्रमुख या अध्यक्षमा पनि एक तिहाईम हिला हुनुपर्ने उनीहरुले माग गरेका छन् ।
माघ २६ र २७ गते काभ्रेको धुलिखेलमा दुई दिने आवसिय भेला आयोजना गरेर उनीहरुले त्यस्तो निश्कर्ष निकालेको थिए । त्यही निश्कर्षका आधारमा राष्टपति देखि प्रधानमन्त्रीसम्मलाई भेटेर उनीहरुले त्यस्तो माग गरेका हुन।


















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया