शुक्रबार, पुष १८, २०८२

पत्रकारलाई बाहिर निकालेर ओलीले गरे सम्बोधन

मेरोन्यूज २०७८ फागुन २ गते १२:३८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् ।

बैठक स्थलबाट पत्रकार बाहिर निकालेर अध्यक्ष ओलीले सम्बोधन थालेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे धारणा बनाउन एमाले दलको बैठक बसेको हो ।

साथै, सोमबारका लागि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक बहिस्कार गर्ने एमालेले जनाएको छ । जारी दलको बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल हुने छ ।

प्रतिक्रिया