एमालेले सांसदलाई ६ वटा खाली कागजमा गरायो हस्ताक्षर

काठमाडौं । नेकपा (एमाले)को जारी संसदीय दलको बैठकमा पार्टीका सांसदहरुलाइृ ६ वटा खाली कागजमा हस्ताक्षर गराइएको छ । प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणा विरुघ सत्ता गठबन्धन दलका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले पनि प्रतिवादका रुपमा सर्वाेचचका अन्य ४ न्यायाधसिलाई महअभियोगको प्रस्ताव ल्याउने अडकलवाजी भईरहँदा एमालेले आफना सांसदहरुलाई ६ वटा खाली कागजमा हस्ताक्षर गराएको छ ।
‘६ वटा खाली कागजमा संसदीय दलका प्रमुख सचेतक विशाल भटटराई र सचेतक शान्ता चौधरीले हस्ताक्षर गराउनुभएको छ, तर त्यो के प्रयोजनका लागि हुन्छ भन्ने खुलाईएको छैन ,’ एमालेका एक सांसदले भने ।
एमालेले आफना सांसदहरुको ६ वटा खाली कागजमा हस्ताक्षर गरेपनि त्यो सर्वाेच्च अदालतका ४ न्यायाधीसका विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराउने गरी हस्ताक्षर गराईएको भने नभएको बताएको छ ।
एमालेले प्रधानन्यायाधीसलाई महाअभियोग लगाउने हो भने ओली सरकार गिराउने र देउवाको सरकार निर्माणका लागि परमादेश जारी गर्ने ५ जना न्यायाधीसलाई नै महाअभियोग लगाउनु पर्ने बताउँदै आएको थियो । प्रधानन्यायाधीसमाथीको महाअभियोग निर्वाचन भाडन् षडायन्त्रका साथ आएको, प्रतिपक्षीलाई थप घेरावन्दी गर्ने गरी आएकोले यसको कडा प्रतिवाद गर्ने एमालेले बताएको थियो ।
एमाले सभामुखसँग पनि सन्तुष्ट छैन । सभामुख विरुद्ध प्रयोग गर्ने गरी कतै हस्ताक्षर खाली कागजमा गराईएको हो की भन्नेमा पनि खुलेको छैन । तर सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गरेर एमालेले जुनकुनै वेला पनि आफुले लिने स्टेपमा प्रयोग गर्न सक्ने अनुमान लगाईएको छ । अहिले पनि बैठक जारी छ । बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सम्वोधन गरिरहेका छन् ।
















भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया