कास्कीमा ५७ हजार मतदाता थपिए
मेरोन्यूज
२०७८ फागुन २ गते १५:४४

पोखरा । कास्कीभित्र पछिल्लो साढे चार वर्षमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् ।
२०७४ को स्थानीय निर्वाचनपछि गत २४ माघसम्म ५७ हजार १२९ मतदाता थप भएका छन् ।
२०७४ सालमै भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भने २६ हजार ४ सय ८८ मतदाता थपिएका छन् ।
योसँगै कास्कीमा अब दुई लाख ८१ हजार ९४० मतदाता कायम भएका छन् ।
सबैभन्दा धेरै पोखरा महानगरपालिकामा ३९ हजार ६३८ मतदाता थप भएका छन् भने सबैभन्दा कम रुपामा तीन हजार ३२९ जना थप भए ।
यस्तै, माछापुच्छ्रेमा चार हजार १६७, मादीमा पाँच हजार २०० र अन्नपूर्णमा चार हजार ७९५ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
थपिएका मतदाता माथि दावी विरोधको समय अझै बाँकी रहेको कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया