क्यानडामा खोप विरोधी प्रदर्शनकारीको बैंक एकाउन्ट रोक्का गरिने

काठमडौँ । कोरोना भाइरस (कोभिड–१९) खोपविरोधी आन्दोलन उग्र बनेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यसलाई रोक्न अप्रत्यासित कदम चालेका छन् । खोप विरोधी अभियान नियन्त्रणका लागि सरकारले आपत कालीन ऐन ल्याएका छन् ।
सरकारले चाल्ने कदमको क्षेत्र ‘समय—सीमित’, ‘उचित र समानुपातिक’ हुने तर सेना परिचालन नहुने प्रधानमन्त्रीले बताएका छन् । नयाँ कानुनअनुसार सरकारले अदालतको आदेशबिना बैंकहरुले प्रदर्शनमा सहभागी हुने जो कोहीको बैंक एकाउन्ट बन्द गर्ने छ । सयौं प्रदर्शनकारी क्यानडाको राजधानीमा छन् ।
क्यानडेलीलाई सुरक्षित गर्न सरकारले नयाँ कानुन ल्याएको प्रधानमन्त्रीले बताएका छन् । प्रदर्शनकारीलाई कैद वा जरिमाना गर्न र महत्वपूर्ण पूर्वाधार रक्षाका लागि प्रहरीलाई ‘बढी औजार’ दिइने उनले बताए ।
आइतबार कानुन कार्यान्वयन निकायले खोप विरोधी प्रदर्शनकारीलाई विन्डसोरस्थित एम्बास्डर ब्रिजबाट प्रदर्शनकारी हटाइएको थियो । सो ब्रिज क्यानडा—अमेरिका व्यापारको एउटा महत्वपूर्ण मार्ग हो । सरकारले क्यानडाबाट अमेरिका जाने ट्रक चालकहरुलाई अनिवार्य खोपको प्रावधान ल्याएको थियो ।













पेरूमा पर्यटक बोकेको रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
स्याङ्जामा पुरुषभन्दा महिला मतदाता धेरै
सुनचाँदीको मूल्य घट्यो
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया