राजनीतिक भेटघाट तीव्र
प्रकाशमान भेट्न प्रधानमन्त्री चाक्सीबारीमा, प्रचण्ड भेट्न माधव र झलनाथ खुमलटारमा
सत्तागठबन्धन दलको निर्णायक वार्ता अगाडी नेताहरु तीव्र राजनीतिक भेटघाटमा ब्यस्त बनेका छन

काठमाडौं । सत्ता गठबन्धन दलभित्रै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसदमा लगेर अनुमोदन गर्ने विषयमा तीब्र मतभेद र रस्साकस्सी चलिरहेका बेला राजनीतिक भेटघाट तीव्र भएको छ । एमसीसीमा सहमति जुटाउन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि अहिले बिहान १० बजे फेरि बैठक बस्न लागेको हो।
त्यस अगाडी सत्ता गठबन्धन दलका दुई धुव्रमा विभाजित नेताहरुको राजनीतिक भेटघाट तीव्र भएको हो । विहिवारको सत्ता गठबन्धन दलको बैठक लगत्तै प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी डा आरजु राणा देउवालाई साथ लिएर एमाले अध्यक्ष केपी ओली भेट्न बालकोटस्थित ओली निवास पुगेपछि राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ ।
सत्ता गठबन्धन अव संकटमा परेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरु वाक्लो राजनीतिक भेटघाटमा लागेका हुन् ।
ओलीसँग अवेर राती ११ बजेसम्म भेटघाट गरेर फर्किएका प्रधानमन्त्री देउवा आजको संसद बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने तयारीमा छन् । प्रधानमन्त्री आफ्नै पार्टीका नेता प्रकाशमान सिंहसँग यस विषयमा थप छलफल गर्न सिंह्को चाक्सीवारी निवास पुगेका छन् ।
उता माधव नेपाल र झलनाथ खनाल भने प्रचण्ड निवास खुमलटारमा पुगेका छन् । नेकपा एकीकृतका सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष नेपाल भने प्रचण्डसँग अवको रणनीति बनाउने विषयमा छलफलका लागि खुमलटार पुगेको नेपाल निकट नेताहरुले बताएका छन् ।
यी दुवै कम्युनिष्ट पार्टी यथास्थितीमा एमसीसी अनुमोदनको पक्षमा छैनन ।
राजनीतिक धुव्रिकरण, नयाँ गठबन्धन निर्माणको प्रयास लगायतका कारण पनि आजको राजनीतिक घटनाक्रम र नेताहरुको वाक्लो भेटघाटलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ ।
















यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया