शनिबार, पुष २६, २०८२

एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक फागुन ८ गतेसम्म स्थगित

मेरोन्यूज २०७८ फागुन ६ गते १३:४१

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।

नाराबाजीका बीच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिए । सभामुखको अनुमतिअनुसार मन्त्री बडुले प्रतिवेदन पेस गरेका छन् ।

त्यसलगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक फागुन ८ गते दिनको १ बजे बस्ने गरी स्थगित गरिएको घोषणा गरेका थिए ।

प्रतिक्रिया