प्रदेशिक अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

काठमाडौँ । प्रदेशिक अस्पताल मलंगवा सर्लाहीमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । कोरोना भाइरसको संक्रमणका समयमा अक्सिजन प्लान्टको महसुस गरी गत असारको अन्तिममा सो प्लान्ट मधेश प्रदेश सरकारको सहयोगमा मलंगवा अस्पतालमा स्थापना गरिए पनि लामो समयदेखि सञ्चालनमा आएको थिएन ।
प्लान्टका लागि आवश्यक भौतिक संरचना निर्माण, पाइपलाइन जडान र विद्युतलगायतको व्यवस्थापनले अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाई भएको प्रदेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए । प्रदेश सरकारले ५० लाखमा खरिद गरेर दिएको अक्सिजन प्लान्ट दैनिक २० सिलिण्डर बराबर अक्सिजन उत्पादन गरी वितरण गर्न सकिने उनले बताए ।
सिलिण्डरमा भर्नका लागि थप अक्सिजन ट्यांक राख्नु पर्ने प्रमुख झाले जानकारी दिए । मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री नवलकिशोर साहले सो प्लान्टको शुक्रबार उद्घाटन गरेका थिए ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया