शुक्रबार, वैशाख २५, २०८३

माधव नेपाल निवासमा प्रचण्ड-माधवको भेटवार्ता

एमसीसी संसदमा टेवल गर्न दिन सहमत, तर अनुमोदनको प्रक्रियामा अडान नछोडनेमा दुवै नेता एकमत

मेरोन्यूज २०७८ फागुन ८ गते १०:२५


काठमाडौं । माधव नेपाल निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल वीच भेटवार्ता भएको छ । सत्ता गठबन्धन दलको वैठक अगाडी दुई नेताको नेपाल निवासमा भेटवार्ता भएको हो ।

Advertisement
NiccNicc

नेपाल निवासमा दुई नेतावीच करिव आधा घण्टा छलफल भएको छ । छलफल केहीवेर अगाडी मात्रै सम्पन्न भएको छ । छलफल सकेपछि अहिले दुवै नेता सत्ता गठबन्धन दलको बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार तर्फ लागेका छन् ।

माधव नेपालको पार्टीले संसदमा एमसीसी प्रस्ताब छलफल गर्न लान दिने र त्यही छलफल गरेर यथास्थितीमा भने मतदान नगर्ने निर्णय स्थायी समिति बैठकले शनिवार लिएको थियो । माओवादी केन्द्र भने सकभर एमालेले संसदको अवरोध कायमै राख्दासम्म एमसीसी संसदमा टेवल समेत गर्न नदिने पक्षमा थियो । नेकपा एकीकृत समाजवादी समेत संसदमा लान तयार भएपछि माओवादी पनि केही लचक देखिने भएको छ ।

उसले पनि संसदमा छलफलका लागि लान दिने विषयमा लचक हुने संकेत देखाएको छ । सत्ता गठबन्धन दलका वीचमा अहिले बालुवाटारमा बस्ने बैठकमा यो विषयमा सहमति बने एमसीसी आजै दिउँसो १ वजे बस्ने संसद बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले टेबल गर्नेछन् । संसद बैठक अगाडी आजै विहान साढे ११ मा सभामुखले बोलाएको संसदको कार्यब्यवस्था परामर्श समिति बैठकमा पनि सहमति बन्नेछ ।

त्यसपछि अनुमोदनको प्रक्रियामा भने सत्ता गठबन्धन दलका वीचमा अझै मतभिन्नता छ । कांग्रेस फाष्टट्याकबाट अनुमोदन गराउनु पर्ने, संशय लागेका विषयमा संकल्प प्रस्ताव पारित गरेर ब्याख्यात्मक रुपमा स्पष्ट बनाएर जानुपर्नेमा छ । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसीसी संसदमा टेबल गरेपछि एमालेले पनि यो विषयमा धारणा बनाउनु पर्ने र संसदको जारी अवरोध खुलाउनुपर्ने, यस विषयमा सवै सांसदहरुले निर्वाध वहसमा भाग लिन पाउनुपर्ने र अन्तिममा गोप्य मतदानकै प्रक्रियामार्फत छिनोफानो लगाउनु पर्ने पक्षमा छन् ।

माधव नेपाल निवासमा भएको प्रचण्ड नेपाल वीचमो भेटवार्ता यही विषयमा केन्द्रीत रहेर भएको नेपाल निकट स्रोतले बताएको छ । संसदमा लान दिनेमा दुवै नेता सकारात्मक देखिएपनि संशोधन विना पारित गर्ने पक्षमा भने दुवै नेता र पार्टी अझै तयार छैनन । नेपाल निकट स्रोतका अनुसार, एमसीसी संसदमा लान दिएपनि त्यहाँ प्रर्याप्त छलफल गर्न पाउनुपर्ने, गोप्य मतदानबाटै निर्णय प्रक्रियामा पुग्नुपर्ने विषयमा दुवै नेताको गठबन्धन दलको बैठकमा अडान रहनेछ ।

तर कांग्रेस सत्तामा बसेकाहरुले पक्षमै मतदान गर्नुपर्ने र अनुमोदनकै लागि कसरथ गर्नुपर्ने पक्षमा छ । उ यो विषयमा संसदमा धेरै वहस गर्ने भन्दा पािरत गराउने तिर जानुपर्ने पक्षमा छ । प्रक्रियाका विषयमा दलहरुका विमित भएपनि संसदमा लाने विषयमा भने सहमति आज जुटने देखिएको एक नेताले बताए । सोही विषयमा गठबन्धन बैठक अगाडी प्रचण्ड र नेपालको कोटेश्वरमा भेटवार्ता भएको हो ।

प्रतिक्रिया