शनिबार, पुष २६, २०८२

छथर कांग्रेसले थाल्यो जागरण अभियान

मेरोन्यूज २०७८ फागुन ९ गते ८:५७

तेह्रथुम । छथर गाउँपालिका नेपाली कांग्रेस कार्य समितिले जागरण अभियान सुरु गरेको छ । आइतबारबाट गाउँपालिका ६ सुदापदेखी अभियान सुरु गरेको गाउँपालिका कार्य समितिका सभापति रामचन्द्र भट्टराईले बताए ।

गाउँपालिकाको सबै वडामा अभियान सञ्चालन गर्ने तयारी भएको नेपाली कांग्रेस छथरले जनाएको छ । अभियानमा स्थानीय सरकारले गरेका गतिविधि नागरिकसम्म पुर्याउने, स्थानीय सरकारले गरेको अन्याय, नागरिकलाई जानकारी गराउनेलगायतका कार्यक्रम रहेको सभापति भट्टराईले जानकारी दिए ।

अभियान आगामी १३ फागुनमा सम्पन्न हुने भएको छ ।

प्रतिक्रिया