माग पूरा नभए एमसीसी अनुमोदन हुन दिँदैनौँ : एमाले

काठमाडौँ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा संसदबाट अनुमोदन गर्न नदिने बताएका छन् । उनले संसदमा एमालले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने बताएका हुन् ।
एमालेले राखेको माग सम्बोधनबिना हुने संसदको कार्य सूचीमा सहभागी नहुने उनले बताए । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जनाको सांसदबाट पदमुक्त नगरेसम्म एमालेले संसदमा अवरोध कायमै राख्ने भन्दै उनले यसबीचमा बैठकमा पेस हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने बताए ।
आफूहरूको माग सम्बोधन भएपछि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा एमालेले निर्णय गर्ने प्रमुख सचेतक भट्टराईले बताए । ‘संसदमा निकास निस्किएपछि मात्र सदनमा टेबुल भएको एमसीसीको सम्बन्धमा निर्णय लिन्छौँ,’ उनले भने ।
एमालेले संसद सचिवालयमा एमसीसी दर्ता गराए पनि कांग्रेस र नेकपा माओवादी केन्द्रले कार्यान्वयनका लागि सम्झौता गरेकाले एमालेको भूमिका कम हुने उनले बताए । एमसीसीभन्दा आफूहरूले राखेको माग ठूलो भएकाले पहिला माग सम्बोधनमा सभामुखले ध्यान दिनु पर्ने उनको जिकिर थियो ।
प्रमुख प्रतिपक्षी दल एमाले एमसीसीको समर्थन वा विरोधमा खुलेर बोलेको छैन । आइतबार संसद बैठकमा एमालेको विरोधकै बीच एमसीसी टेबुल भएको थियो । सोही क्रममा एमाले नेता भिम रावलले संसदमा आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
















होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया