सचिवालय बैठक अगाडि पार्टीका मन्त्रीसँग माधव नेपालको भेटवार्ता
एमसीसीबारे पार्टी निर्णयमै दुई थरी वुझाई, सचिवालय बैठक बसेर थप धारणा सार्वजनिक गरिँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक बस्दैछ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमससिी) समझौता सरकारले संसदमा पेश गरेपछि एकीकृत समाजवादी भित्र विवाद चर्केको छ । शनिवार बसेको पार्टीको स्थायी समिति बैठकले एमसीसी संसदमा टेबल गर्न दिने सहमति गरेको तर यथास्थितीमा पक्षमा भने उभिन नसक्ने निर्णय भएको महासचिव वेदुराम भुसालले वक्तब्य जारी गरेर बताएका थिए ।
तर सोही दिनको बैठक पछि उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले भने सदनको अवरोध खुलाएर मात्रै एमसीसी ससदमा टेबल गनुपर्ने र परिमार्जन र संशोधन विना पार्टी एमसीसीको पक्षमा उभिन नसक्ने वक्तब्य दिएका थिए ।
स्थायी समिति बैठकपछि नेताहरुकै विरोधाभाषपूर्ण वक्तब्य आउनु र आइतबार बालुवाटार बैठकमा संसदमा एमसीसी टेबल गर्न अध्यक्ष माधव नेपालले सहमति जनाउनुले नेकपा एसमा विवाद बढेको हो । सम्मानित नेता झलनाथ खनाल संसदमा सम्झौता अनुमोदनका लागि ल्याउनै हुन्न भन्ने पक्षमा थिउ । सदनमा एमसीसी टेवल गर्ने कार्यसूची ल्याएर टेवुल भईरहँदा आइतबार खनालले उठेर विरोध जनाएका थिए ।
त्यसपछि नेकपा एसमा विवाद चर्केको छ । पार्टी निर्णय विपरित एमसीसी सदनमा टेबल गर्न सहमति जनाएको भन्दै खनाल अमेरिकाको सामु नेताहरु लुगलुग काप्पेको बताईरहेका छन् । यही वेला आज दिउँसो २ वजे सचिवालयको बैठक नेकपा एसले बोलाएको छ । अध्यक्ष नेपाल एमसीसीमा अलिक लचक देखिन्छन भने खनाल कडा ।
यही मेसोमा केही वेर पछि बस्न लागेको सचिवालय बैठक अगाडी अध्यक्ष नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी केही मन्त्रीलाई बोलाउर परामर्श गरेका छन् । नेपालले पार्टि कार्यालय शान्तिनगर आलोकनगरमा पार्टीका तर्फबाट मन्त्री भएका पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री, श्रम मन्त्री किसन श्रेष्ठ लाई बोलाएर छलफल गरेका हुन् ।
नेपालले ति मन्त्रीहरुसँग झण्डै दुई घण्टा लामो ससम्वाद गरेका छन् । छलफलमा वागमति प्रदेशका मुख्यमन्त्री र पार्टी उपाध्यक्ष राजेन्द्र राई पनि सहभागी रहेको नेकपा एसको केन्द्रीय कार्यालय स्रोतले बताएको छ । मन्त्रीहरुसँग नेपालले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले खेल्ने भूमिका र सम्भावित राजनीतिक परिदृश्यमा केन्द्रीत रहेर छलफल गरेको स्रोतको भनाइ छ । तर थप छलफलका निश्कर्षका बारेमा भने केही बताईएको छैन । सचिवालय बैठकपछि नेकपा एसले एमसीसीका विषयमा थप धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।
















चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया