शनिबार, पुष २६, २०८२

सचिवालय बैठक अगाडि पार्टीका मन्त्रीसँग माधव नेपालको भेटवार्ता

एमसीसीबारे पार्टी निर्णयमै दुई थरी वुझाई, सचिवालय बैठक बसेर थप धारणा सार्वजनिक गरिँदै

मेरोन्यूज २०७८ फागुन ९ गते १४:१२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक बस्दैछ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमससिी) समझौता सरकारले संसदमा पेश गरेपछि एकीकृत समाजवादी भित्र विवाद चर्केको छ । शनिवार बसेको पार्टीको स्थायी समिति बैठकले एमसीसी संसदमा टेबल गर्न दिने सहमति गरेको तर यथास्थितीमा पक्षमा भने उभिन नसक्ने निर्णय भएको महासचिव वेदुराम भुसालले वक्तब्य जारी गरेर बताएका थिए ।


तर सोही दिनको बैठक पछि उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले भने सदनको अवरोध खुलाएर मात्रै एमसीसी ससदमा टेबल गनुपर्ने र परिमार्जन र संशोधन विना पार्टी एमसीसीको पक्षमा उभिन नसक्ने वक्तब्य दिएका थिए ।

स्थायी समिति बैठकपछि नेताहरुकै विरोधाभाषपूर्ण वक्तब्य आउनु र आइतबार बालुवाटार बैठकमा संसदमा एमसीसी टेबल गर्न अध्यक्ष माधव नेपालले सहमति जनाउनुले नेकपा एसमा विवाद बढेको हो । सम्मानित नेता झलनाथ खनाल संसदमा सम्झौता अनुमोदनका लागि ल्याउनै हुन्न भन्ने पक्षमा थिउ । सदनमा एमसीसी टेवल गर्ने कार्यसूची ल्याएर टेवुल भईरहँदा आइतबार खनालले उठेर विरोध जनाएका थिए ।

त्यसपछि नेकपा एसमा विवाद चर्केको छ । पार्टी निर्णय विपरित एमसीसी सदनमा टेबल गर्न सहमति जनाएको भन्दै खनाल अमेरिकाको सामु नेताहरु लुगलुग काप्पेको बताईरहेका छन् । यही वेला आज दिउँसो २ वजे सचिवालयको बैठक नेकपा एसले बोलाएको छ । अध्यक्ष नेपाल एमसीसीमा अलिक लचक देखिन्छन भने खनाल कडा ।

यही मेसोमा केही वेर पछि बस्न लागेको सचिवालय बैठक अगाडी अध्यक्ष नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी केही मन्त्रीलाई बोलाउर परामर्श गरेका छन् । नेपालले पार्टि कार्यालय शान्तिनगर आलोकनगरमा पार्टीका तर्फबाट मन्त्री भएका पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री, श्रम मन्त्री किसन श्रेष्ठ लाई बोलाएर छलफल गरेका हुन् ।

नेपालले ति मन्त्रीहरुसँग झण्डै दुई घण्टा लामो ससम्वाद गरेका छन् । छलफलमा वागमति प्रदेशका मुख्यमन्त्री र पार्टी उपाध्यक्ष राजेन्द्र राई पनि सहभागी रहेको नेकपा एसको केन्द्रीय कार्यालय स्रोतले बताएको छ । मन्त्रीहरुसँग नेपालले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले खेल्ने भूमिका र सम्भावित राजनीतिक परिदृश्यमा केन्द्रीत रहेर छलफल गरेको स्रोतको भनाइ छ । तर थप छलफलका निश्कर्षका बारेमा भने केही बताईएको छैन । सचिवालय बैठकपछि नेकपा एसले एमसीसीका विषयमा थप धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया