एमसीसीविरुद्ध सर्वोच्च अदालतमा रिट
मेरोन्यूज
२०७८ फागुन ९ गते १९:३५

काठमाडौं । प्रतिनिधिसभामा आइतबार टेबल भएको अमेरिकी सहयोग परियोजना एमसीसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसीविरुद्ध रिट सर्वोच्चमा रिट बुझाएका हुन् । भण्डारीको रिटको अध्ययन गरेर मात्रै दर्ता गरिने भन्दै अदालतले सोमवार दर्ता गर्न अस्वीकार गरेको छ । रिट दर्ता गर्ने, नगर्ने भोलि मात्रै जानकारी दिने भन्दै सर्वोच्च प्रशासनले भण्डारीलाई आश्वस्त पारेको छ ।
एमसीसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएको भन्दै भण्डारीले रिट दायर गर्न लागेका हुन् ।
एमसीसी सम्झौता अन्तर्राष्ट्रिय कानुन खासगरी भियना कन्भेन्सन १९६९ अनुसार सन्धिको श्रेणीमा नै नपर्ने हुनाले संसदबाट अनुमोदन गर्न नपर्ने अधिवक्ता भण्डारीको जिकिर छ ।
सम्बन्धित













बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
प्रतिक्रिया