स्थानीय तहको निर्वाचन घोषणाविरुद्धको रिटमा सुनुवाई हुँदै
मेरोन्यूज
२०७८ फागुन १० गते १०:२४

काठमाडौँ । स्थानीय तहको निर्वाचनको घोषणाविरुद्व दर्ता भएको रिटमा आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाई हुने भएको छ ।
सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरे पनि ०७४ मा दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भन्दै रिट दायर भएको थियो ।
महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ । सर्वोच्च अदालत प्रशासनले सुरुमा उनको रिट दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । तर, इजलासको आदेशबाट रिट दर्ता भएको हो ।
०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । तर, योपटक सबै स्थानीय तहको निर्वाचन एकैसाथ गर्न लागिएको हो ।
सम्बन्धित













कांग्रेस विशेष महाधिवेशन : एक हजार ३२७ सहभागीले गराए नाम दर्ता
पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया