प्रदेश १ को नामाकरण आइतबार, यी हुन् प्रस्तावित नाम

काठमाडौँ । प्रदेश १ को नामाकरण आगामी आइतबार गर्ने तयारी गरिएको छ । प्रदेशसभाको १५ फागुन आइतबार बैठक बस्दै छ ।
बैठकले प्रदेशको नामाकरण गर्ने तयारी गरिएको हो । प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्रदेशलगायत नाम प्रस्ताव गरिएको छ ।
प्रदेश–१ मा नेकपा एकीकृत समाजवादी नेतृत्वमा कांग्रेस, माओवादी, जनता समाजवादी र संघीय लिम्बुवान मञ्च सरकारमा छ । यो गठबन्धनको सामान्य बहुमत मात्र छ ।
९२ सांसद भएको प्रदेश १ मा एमालेका ४१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, नेकपा (एस)मा १०, जसपामा ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक–एक सांसद छन् ।
एमालेविना दुई तिहाइ पुग्दैन । नामांकनका विषयमा गठबन्धनभित्र कांग्रेसबाहेक दलमा पहिचानसहितको नाम राख्नेमा एक मत छ । अर्थात्, किराँत, लिम्बुवानजस्ता नाममा गठबन्धनभित्र कांग्रेसबाहेक दल एकमत छ । तर, एमाले यी नाममा सहमत छैन ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया