एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्न तत्काल ह्विप जारी नगर्ने

काठमाडौं । एकीकृत समाजवादीले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छैन ।
एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले एमसीसीको विपक्षमा उभिने निर्णय भए पनि सांसदहरूलाई विपक्षमा मतदान गर्न अहिले नै ह्विप जारी नगर्ने बताएका हुन् । ‘हामी अहिले नै ह्विप जारी गर्ने पक्षमा छैनौ, आवश्यक परे संसद् बैठक बस्नुअघि निर्णय लिन्छौं,’उनले भने ।
पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगनन्नाथ खतिवडाले सरकारले संसदमा टेबुल गरेको एमसीसीलाई सांसदहरूले छलफलपछि निष्कर्ष निकालेर निर्णय लिन पाउने बताए । संसदमा व्यापक छलफल भएपछि कुन प्रक्रियाबाट विपक्षमा उभिने त्यहीबेला टुंगो लाग्ने उनको भनाइ छ । ‘पक्ष वा विपक्षमा उभिँदा पनि संसदको सर्वोच्चता र मर्यादालाई ध्यान दिएर एमसीसीमाथिको छलफलमा सहभागी भएर प्रक्रियागत ढंगले अघि बढ्छौं,’ खतिवडाले भने ।
२०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ह्विप उल्लंघन गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदलाई एमालेले कारबाही गरेको थियो । ओलीसँग रुष्ट भएका र कारबाहीमा परेका सांसदले नेता नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् ।
एमसीसीलाई लिएर अहिले सो पार्टीमा स्पष्ट दुई धार देखिएको छ । अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाल पक्ष विपक्षमा उभिएका छन् । त्यसैले एमसीसी संसदमा टेबुल भए पनि पास हुन्छ कि हुन्न भन्ने विषयप्रति चासो देखिएको हो ।
















स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया