एमसीसी पास गराउन अमेरिकी राजदूतकाे दाैडधुप

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गराउन नेपालस्थित अमेरिकी राजदूत र्याण्डी बेरीले निकै सक्रियता बढाएका छन् ।
राजदूत बेरीले सत्ता गठबन्धनका शीर्ष नेताहरुदेखि प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई समेत भेटिरहेका छन् ।
आइतबार एमसीसी संसदमा टेबल गर्न दिए पनि एमसीसीको पक्षमा नहुने सत्ता गठबन्धनका प्रमुख दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले निर्णय गरेपछि राजदूत बेरी एमालेलाई फकाउन लागि परेका छन् ।
सरकारको नेतृत्व गरिरहेका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई मनाउन नसकेपछि अमेरिकी राजदूत बेरी आफै लागिपरेका छन् ।
एमसीसी संसदमा दर्ता गराएको एमालेले अहिले यसबारेमा अनुत्तरित भएपछि बेरीले पछिल्लो समय एमाले नेताहरुसँगको भेटघाटलाई तीब्र पारेका छन् ।
एमाले अध्यक्ष केपी ओलीलाई एमसीसीमा साथ दिन आग्रह गर्दै बेरी मंगलबार ओली निवास बालकोट पुगेका छन् ।
















आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया