सोमबार, पुष २८, २०८२

एमसीसी पास गराउन अमेरिकी राजदूतकाे दाैडधुप

मेरोन्यूज २०७८ फागुन १० गते १८:००

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गराउन नेपालस्थित अमेरिकी राजदूत र्याण्डी बेरीले निकै सक्रियता बढाएका छन् ।

राजदूत बेरीले सत्ता गठबन्धनका शीर्ष नेताहरुदेखि प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई समेत भेटिरहेका छन् ।

आइतबार एमसीसी संसदमा टेबल गर्न दिए पनि एमसीसीको पक्षमा नहुने सत्ता गठबन्धनका प्रमुख दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले निर्णय गरेपछि राजदूत बेरी एमालेलाई फकाउन लागि परेका छन् ।

सरकारको नेतृत्व गरिरहेका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई मनाउन नसकेपछि अमेरिकी राजदूत बेरी आफै लागिपरेका छन् ।

एमसीसी संसदमा दर्ता गराएको एमालेले अहिले यसबारेमा अनुत्तरित भएपछि बेरीले पछिल्लो समय एमाले नेताहरुसँगको भेटघाटलाई तीब्र पारेका छन् ।

एमाले अध्यक्ष केपी ओलीलाई एमसीसीमा साथ दिन आग्रह गर्दै बेरी मंगलबार ओली निवास बालकोट पुगेका छन् ।

प्रतिक्रिया