गाउँपालिकाद्वारा एम्बुलेन्स सञ्चालन

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन एम्बुलेन्स खरिद गरिएको छ ।
विभिन्न प्रकृया पुरा गरी भारतबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरी कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए । । “बिरामीलाई उपचारका लागि बेनी हुँदै पोखरा पु¥याउन यातायातमा मात्रै रु ३० हजारसम्म खर्च हुने गरेको छ”, उनले भने । समयमै सवारीसाधन पाउन मुस्कील हुने गरेको उनको भनाइ छ ।
समयमै र न्यून शुल्क तिरेर पुग्ने वातावरण सिर्जना गर्न एम्बुलेन्स सञ्चालन गर्न लागिएको पुनले बताए । गाउँपालिकाले काठमाडौँबाट रु १२ लाखमा एम्बुलेन्स खरिद गरेको जनाएको छ । गाउँपालिकाले दुई वर्ष अघि एम्बुलेन्स खरिदको प्रकृया अघि बढाएको थियो । कार्यपालिका बैठकमार्फत कार्यविधि निर्माण र समिति गठन गरी गाउँपालिकाको मातहतमा रहने गरी एम्बुलेन्स सञ्चालन गरिने बताइएको छ ।
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया