सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना

काठमाडौं । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा भएको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको महाखाशाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव दुई डिग्री र अधिकतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस छ ।
सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम २४ दशमलव ६ डिग्री सेल्सियस छ ।रासस













कांग्रेस विशेष महाधिवेशन : एक हजार ३२७ सहभागीले गराए नाम दर्ता
पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया