एमसीसीको विरोधमा काठमाडौंसहित देशैभर मशाल जुलुस प्रदर्शन

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा बुधबार बेलुका काठमाडौंसहित देशैभर मशाल जुलुस प्रदर्शन भएका छन् ।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा सत्तारुढ नेकपा माओवादी केन्द्रका विद्यार्थीहरुले मशाल जुलुस निकालेका थिए भने अन्य ठाउँमा नेकपा (विप्लव)सहित ६ कम्युनिस्ट पार्टीले मशाल जुलुस निकालेका छन् ।
काठमाडौंका छुट्टाछुट्टै पाँच ठाउँबाट मशाल जुलुस निकालेको एमसीसीविरुद्ध पाँच दिने आन्दोलन घोषणा गरेका विप्लव–वैद्यसहितका ६ दलले जनाएका छन् । ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले अहिले बेलुका काठमाडौं उपत्यकाको चावहिल, भक्तपुरको कमलविनायक, ललितपुरको लगनखेल, बागबजार र कलंकीमा मशाल जुलुस प्रदर्शन गरेका थिए ।
एमसीसीविरुद्ध नारा लगाउँदै मसाल जुलुस निकालिएको थियो ।
एमसीसी प्रस्ताव संसदमा टेबल गरी भोलिदेखि छलफल गरी अनुमोदन गराउन लागिएको भन्दै ६ कम्युनिस्ट पार्टीले आजदेखि ५ दिने आन्दोलन घोषणा गरेका छन् ।
आन्दोलनको कार्यक्रम अन्तर्गत आज बेलुका देशैभर मशाल जुलुस तथा भोलि देशभरको जिल्ला प्रशासन कार्यलय घेराउ तथा काठमाडौंमा संसद भवन घेराउको कार्यक्रम रहेको छ ।
आइतबार विरोधकाबीच प्रतिनिधिसभामा पेश गरिएको एमसीसी सम्झौता सम्बन्धि प्रस्तावमाथि भोलिदेखि छलफल हुँदैछ ।
विहीबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे छलफलको प्रस्ताव गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।















आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया