सोमबार, पुष २८, २०८२

संसदको कार्यब्यबस्था परामर्श समितिको बैठक जारी

मेरोन्यूज २०७८ फागुन १२ गते १२:२२

काठमाडौं । संसदको कार्यब्यवस्था परामर्श समितिको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा संघीय संसद, प्रतिनिधि सभा कार्यव्यबस्था परामर्श समितिको बैठक बसिरहेको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक बसिरहेको हो । संसद बैठक दिउँसो ज्ञ वजेका लागि बोलाईएको छ । बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी प्रस्ताव सामान्य छलफल गरियोस भन्ने प्रस्ताव सरकारका तर्फबाट प्रस्तुत हुादैछ । सरकारले उक्त प्रस्ताव संसदमा अनुमोदनका लागि गत फागुन ८ गते पेश गरेको थियो ।

उक्त प्रस्तावमाथी छलफलको संसदीय प्रक्रिया कस्तो बनाउने, सामान्य छलफलले कति समय लिने, कति जनाले कसरी बोल्ने देखि यसको निर्णय प्रक्रियामा कसरी जाने , ध्वनी मतवाट जाने या मतविभाजनबाट जाने या के गर्ने ? भन्ने लगायतका विषयमा छलफल गर्नका लागि सभामुखले कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया