विदेश जाने कामदारको पिसीआर परीक्षण निःशुल्क हुने
मेरोन्यूज
२०७८ फागुन १३ गते १४:१९

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने सबै कामदारको पिसीआर परीक्षण निःशुल्क हुने भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निशुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए । संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूत दिने अभिप्रायले यस्तो निर्णय गरेको हो ।
अबदेखि शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकका लागि निःशुल्क पिसीआर परीक्षण हुने उनले बताए । तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेस गर्नु पर्ने मन्त्रालयले जनाएको छ।
सम्बन्धित















हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
बाजुरामा रुखबाट लडेर व्यक्तिकाे मृत्यु
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया