हरिवोल गजुरेललाई ७ प्रश्न
कांग्रेस र एमालेको गठबन्धन बन्दै बन्दैन, यही गठबन्धन जोगिन्छ

० माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्नुभयो, एमसीसीमा के हो बैठकको निश्कर्ष ?
हाम्रो अडान कायमै छ । यथास्थिीमा एमसीसी पास गर्न सकिदैन । फेरि अर्काे सत्ता गठबन्धनलाई बचाउने कसरी ? यो गठबन्धन बनाएको संविधानको रक्षाका लागि, स्थाइत्वको लागि हो । फेरि गठबन्धन भत्केपछि भद्र्गोल नै हुन्छ । संघको पनि भद्रगोल, प्रदेशको पनि भद्र्गोल हुने हुन्छ । देश पूरै कित्तावन्दी र विभाजित हुने भयो । यसले राम्रो सन्देश दिँदैन । त्यसकारण यसो हुन नदिन र हाम्रो अडान कायम राख्न उपायहरु के हुन सक्छ भनेर सहमतिका बिन्दुहरु खोज्ने र अधिकतम प्रयास गर्ने भन्ने भएको छ ।
० तपाईहरु आफ्ने अडानमा रहने हो भने कांग्रेस र एमालेको नयाँ समिकरण बनेर एमसीसी पारित गर्ने दिशामा जाला नी ?
त्यसो गर्नु कांग्रेसको हितमा पनि छैन । किनभने अहिले चुनावको प्रतिद्धन्द्धी त कांग्रेर र एमाले हुन् । प्रतिद्धन्द्धीलाई अगाडी ल्याएर स्पेश दिएर त्यो कांग्रेसलाई पनि घाटा हुन्छ चुनावमा । हामी चुनावको मुखमा छौं ।
० सत्ता गठबन्धन पनि जोगिने, प्रधानमन्त्रीको चासो सम्वोधन पनि हुने र नयाँ समिकरण पनि बन्न नदिने, के हुनसक्छ त्यस्तो विकल्प ?
कांग्रेस र एमालेको त्यो गठबन्धन बन्दैन । अहिले यही गठबन्धन जोगाउनुपर्छ भन्ने पनि जनमत छ । एमसीसी यथास्थितीमा पारित गराउनु हुन्न भन्ने पनि जनमत छ । दुईटै जनमतको कदर गर्नुपरयो नी हामीले ।
० यो सैद्दान्तिक कुरा भए, तर त्यसो हुनका लागि विकल्प पनि चाहियो नी, के हुन् त त्यस्तो विकल्प ?
यही हुन्छ भन्ने छैन । छलफल हुँदै जाँदा केही न केही फेला पर्छ की भन्ने छ ।
० कांग्रेसले भनेजस्तो माघ १५ मा फेरि फर्कियो त्यसो भए माओवादी, उक्त दिन प्रचण्ड र माधव नेपालले कांग्रेस नेताहरुसाग संसद बैठकमा एमसीसीमा निर्णय लिने दिन विरोध गरेर दुई पार्टीले वहिष्कार गर्ने र एमसीसी पारित गर्न सघाउने भन्ने ? यही हो अवको विकल्प ?
झन वहिष्कार गर्ने भन्ने हुदैन । विपक्षमै मतदान गर्ने भन्ने हुन्छ । माओवादीका लागि भन त्यो घातक हुन्छ । घातक बाटोमा माओवादी जादैन । माओवादी संसदमै रहन्छ । विरोध गर्छ । विपक्षमा मतदान गर्छ ।
० त्यसो हुँदा त कसरी मान्लान् र प्रधानमन्त्रीले ? एमालेसाग सहकार्यतिर वढ्ला नी राजनीतिक कोर्स उहाँ (काग्रेस)हरुको ?
एमालेले सभामुखलाई कारवाहीको कुरा गरेका छन । सभामुखलाई के भनेर महाअभियोग लगाउने ? एमसीसी टेबल नै गर्न नदिएको भए एउटा कारण हुन्थ्यो होला । टेबल भइृसक्यो । सभामुखले रोक्नुभएको छैन । सभामुखलाई हटाउन महाअभियोग लगाउनु परयो । के भनेर लगाउने ? एमालेको त सभामुखले पक्षपात गरेका छन् भन्ने आरोप छदैछ । तर काग्रेसले के भन्ने ? सभामुख हटाउने र १४ जना सांसदलाई हटाउने शर्तमा कांग्रेस जादा त झन एमसीसी पास गर्न काग्रेसले दुनियाँ गरयो भन्ने सन्देश जादैन र भन्या ? त्यसले त झन काग्रेसलाई नै घाटा पुग्छ । काग्रेसले त्यसो गदैन ।
० तपाईहरुको प्रस्ताव अनुसार पनि प्रधानमन्त्री कसरी मान्छन् र ?
उहाँहरुलाई पनि समस्या छ । हामीलाई मात्रै समस्या परेको होइन । संसदको कार्यकाल पुरा गर्ने, स्थाइत्व दिन्छौं, पूर्ण कार्यकाल हामी चलाउँछौं भनेर विघटन गरिसकेको संसद फेरि सर्वाेच्चले ब्यूताईदिएको हो । फेरि अस्थिरता हुने हो भने ओलीले भनेको ठिक रहेछ भन्ने सन्देश जान्छ । ओली त त्यही गराउन चाहान्छन नै । त्यही पुष्टि हुदैन । ओलीले चुनावमा महिले त पहिल्यै यो संसदले केही गर्न सक्दैन, अव चुनावमा जाऔं भनेर विघटन गरेको थिए, आखिर त्यही गरे होइन त ? मेरो कुरा प्रमाणित भयो, पुष्टि भयो होइन भन्दै एमाले चुनावमा जान्छ । त्यसले घाटा कसलाई ? त्यसकारण त्यसो हुन नदिन पनि अहिलेको सत्ता गठबन्धन जोगाउने गरी नै कांग्रेसलाई जानु फाइदाजनक छ ।
(गजुरेल नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता हुन् । केन्द्रीय कार्यालयको बैठकपछि गजुरेलसँग गरिएको संक्षिप्त कुराकानी )
















घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको मृत्यु
Nepal Telecom’s role for economic prosperity laudable: Home Minister Aryal
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया