शुक्रबार, वैशाख २५, २०८३

पार्टीले निर्णय गरे चितवन २ बाट चुनावमा उठ्छु-बादल

बादल भन्छन्– एमाले नेकपाकै निरन्तरता हो, मलाइ कुनै अन्कम्फर्टेबल छैन

मेरोन्यूज २०७८ फागुन १४ गते १५:२२

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीले टिकट दिएमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने बताएका छन् ।

Advertisement
NiccNicc

नेकपा एमाले कर्णाली प्रदेशको कार्यक्रममा सहभागी हुन वीरेन्द्रनगर विमानस्थलमा आइपुगेका बादलले शनिवार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै आफू संविधानसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेको स्मरण गर्दै आवश्यकता अनुसार फेरी पनि आफू सोही क्षेत्रबाट निर्वाचन लड्ने बताएका हुन ।

‘उनले भने, त्यो विषयमा मैले कुनै सोच बनाएको छैन र पार्टीले पनि अहिले त्यो बारेमा कुनै ठोस धारणा बनाएको छैन । मैले विगतमा चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभाको निर्वाचनमा विजयी भएको हो । आगामी दिनमा निर्वाचनको मिति तय भयो भने र पार्टीले टिकट दियो भने म त्यहीबाट उठछु ।’

उनले एमालेको माग पुरा भएपछिमात्रै एमसीसीबारे आफ्नो दलले धारणा सार्वजनिक गर्ने बताए । उनले भने, पहिला संसदमा हामीले १४ जना सांसदहरुको विषयमा सूचना टाँस गर्ने हाम्रो माग थियो । सभामुखले सूचना टाँस गर्नु भएको छैन । हाम्रो त्यो माग पुरा नहुँदासम्म पार्टी कुनै प्रक्रियामा सहभागी हुँदैन । यो माग पूरा भएपछिमात्रै हाम्रो पार्टीले एमसीसीबारेमा ठोस र आधिकारिक धारणा बनाउँछ ।’

बादलले काँग्रेससँग सहकार्य गर्ने सहमति नभएको समेत बताए । उनले नेकपा एमालेलाई नेकपाकै रुपमा बुझ्नुपर्ने बताए । नेकपा एमाले नेकपाकै निरन्तरता भएको बादलले जिकिर गरे । त्यो हिसाबले एमालेमा आफूहरुलाई कुनै अन्कम्फर्टेबल नभएको उनले स्पष्ट पारे ।

एमाले कर्णाली प्रदेशमा आयोजना गरेको निर्वाचन सम्बन्ध अभिमुखीकरण कार्यक्रममा सहभागी हुन उपाध्यक्ष बादल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता विष्णु रिजाल, निरज आचार्यलगायत नेताहरु सुर्खेत आएका छन् ।

प्रतिक्रिया