मंगलबार, पुष २९, २०८२

एमसीसीमाथि छलफल आज, संसदमा के होला ?

मेरोन्यूज २०७८ फागुन १५ गते ६:५०

काठमाडौँ । आज प्रतिनिधिसभा (संसद) बैठक बस्ने भएको छ । गत शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारणले आजका लागि सरेको हो ।

संघीय संसदको महासचिव डा. भरतराज गौतमले एक सूचना टाँसेर आइतबारसम्मका लागि संसद स्थगित गरेको जानकारी दिएका थिए ।

संसद बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)माथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची भए पनि दलहरूमा सहमति नभएपछि बैठक स्थगित भएको थियो ।

संसदबाट एमसीसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर वार्ता गरिरहेका छन् । दुई नेताबीच सहमति हुन सकेको छैन । यसैबीच अमेरिकाले एमसीसी पास गर्ने अन्तिम मिति भोलिसम्म दिएको छ ।

बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

प्रतिक्रिया