एमसीसीमाथि छलफल आज, संसदमा के होला ?
मेरोन्यूज
२०७८ फागुन १५ गते ६:५०

काठमाडौँ । आज प्रतिनिधिसभा (संसद) बैठक बस्ने भएको छ । गत शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारणले आजका लागि सरेको हो ।
संघीय संसदको महासचिव डा. भरतराज गौतमले एक सूचना टाँसेर आइतबारसम्मका लागि संसद स्थगित गरेको जानकारी दिएका थिए ।
संसद बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)माथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची भए पनि दलहरूमा सहमति नभएपछि बैठक स्थगित भएको थियो ।
संसदबाट एमसीसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर वार्ता गरिरहेका छन् । दुई नेताबीच सहमति हुन सकेको छैन । यसैबीच अमेरिकाले एमसीसी पास गर्ने अन्तिम मिति भोलिसम्म दिएको छ ।
बैठक दिउँसो १ बजे बस्ने भएको छ ।
सम्बन्धित
















गगन थापाले भने- हतार र हतासमा राजीनामा दिएको थिइनँ
आमाको नामबाट तीन हजारले लिए नागरिकता
इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’का विजेताहरूलाई पुरस्कार वितरण
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
१७ वर्षपछि सिंहदरबारमा फर्कंदै संसद्
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया