संसद भवन अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप
प्रहरीद्वारा दर्जनौं सेल अश्रुग्यास प्रहार
मेरोन्यूज
२०७८ फागुन १५ गते १५:१९

काठमाडौं । प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौताबारे छलफल सुरु हुँदै गर्दा संसद भवन अगाडि आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
एमसीसीविरुद्धमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले ठूलो संख्यामा तैनाथ प्रहरीमाथि ढुंगा र इँटा बर्साएपछि प्रहरीले आन्दोलनकारीमाथि हस्तक्षेप गरेको हो ।
प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहोरा फाल्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले बल प्रयोग गरी आन्दालनकारीलाई तितरबितर पारेको छ ।

आन्दोलनकारीहरुले विजुली बजार, बुद्धनगर आसपासका सडकभित्रको गल्लीगल्लीबाट प्रहरीमाथि ढुंगा बर्साइरहेका छन् ।
विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी सहित ६ दल तथा राप्रपा र अन्य एमसीसीविरोधी समूहहरुले प्रदर्शन गरिरहँदा प्रहरीले हस्तक्षेप गरेको हो ।

सम्बन्धित















नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया