मेरो पालामा एमसीसीका विषयमा कुनै सम्झौता भएको छैन : खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी ( एस)का नेता झलनाथ खनालले अहिले जुन एमसीसीको विषयमा जति दस्तावेज सदनमा पेस गर्न माग गरेका छन् ।
आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा रोष्टरमा बोल्दै उनले भने,‘ अहिले पनि मानिसहरुले हल्ला गरिरहेका छन् । यो मेरो पालामा आएको हो तर मेरो पालामा केही भएको थिएन् र कुनै सहमति नगरेको गरेको छैन ।’
अरुले सर्त राखेर दिएको रकम आफुलाई नचाहिने उनले बताए ।
एमसीसी सम्झौता सर्तैसर्तको सम्झौता भन्दै उनले राष्ट्रलाई घात गर्ने अनुदान सम्झौताको एक पैसा पनि लिन नहुने बताए । उनले नेपालमा धेरै स्राेत रहेकाे भन्दै आफैंले यस्ता आयाेजना पूरा गर्नुपर्ने बताए ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने छलफलमा सहभागी भएन । एमालेले संसद् अवरोध जारी राखेको छ ।
उनले अहिले देशभत्त नेपाली जनता एमसीसीविरुद्ध सडकमा उत्रेको बताए । देशको स्वधिनता र सार्वभौमसत्ताका विषयमा बोलिरहेका जनतामाथि प्रशासनले लाठी बर्षाएको उनले जनाए ।
‘देशलाई बचाउ भनेर आवाज उठाउने देशभक्त माथि जुन दमन भएको छ , म त्यसको निन्दा गर्दछु,’ उनले भने
















स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया