प्रतिनिधिसभाको दोस्रो बैठक सुरु, अर्थमन्त्रीद्वारा एमसीसीको १२ बुँदे व्याख्या प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा एमसीसी अनुदानसम्बन्धी विस्तृत छलफल सुरू भएको हो ।
यसअघि आजै बसेको प्रतिनिधि सभाको पहिलो बैठकले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो ।
उक्त बैठकमा एमसिसीमाथि सैद्धान्तिक छलफल भएको थियो। सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसद्हरूले धारणा राखेका थिए ।
एमसीसीलाई पारित गराउनका लागि आजै दोस्रो बैठक राखिएको हो ।
बैठक रोकेर मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले एमसीसीमा व्याख्यात्मक घोषणा पेस गर्ने निर्णय गरेको थियो ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद बैठकले पेस गर्ने निर्णय गरेकोबारे सदनलाई जानकारी गराएका थिए । मन्त्री शर्माको प्रस्ताव संसदले स्वीकृत गरिसकेको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको विरोध जारी रहेको छ । एमालेको नाराबाजीकाबीच दोस्रो बैठकमा छलफल शुरु भएको छ ।
















अवैध लागुऔषधसहित १३ जना पक्राउ
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया