मंगलबार, माघ ६, २०८२

वैद्यका पोलिटब्यूरो सदस्य सुवेदीसहित १७ जना पक्राउ

मेरोन्यूज २०७८ फागुन १६ गते १४:२७

बुटवल । प्रहरीले बन्दका क्रममा रुपन्देहीको बुटवल बसपार्कबाट नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदीसहित १७ जनालाई पक्राउ गरेको छ ।

बन्द आयोजक ६ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले बुटवल बजार क्षेत्रमा बन्द गराउँदै हिड्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सुवेदीसहत, बिप्लव नेकपाका खोमा तरामु बिरेन्द्र बिक, कम्युनिस्ट संग्रहालयका चेतनाथ आचार्य, राजमोका बासुदेव पोखरेललगायत छन् ।

प्रहरीले पक्राउ गरेका सबैलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखेको छ ।

प्रतिक्रिया