कांग्रेसको सांस्कृतिक संघ अध्यक्षविरुद्ध उजुरी

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघमा अध्यक्ष तीर्थ थापाले विधानविपरित कार्यसमिति विस्तार गरेको भन्दै बदरको माग गरिएको छ ।
सांस्कृतिक संघकै पूर्वसहमहामन्त्री र केन्द्रीय सदस्यहरूले नयाँ कार्यसमिति विस्तार गैरकानूनी भएको भन्दै छानबिन गरी आवश्यक कारवाहीको माग गरेका हुन् ।
अध्यक्ष थापाले गैरसांस्कृतिक र विधान बमोजिम योग्यता नपुगेका व्यक्तिहरूलाई संघमा मनोनयन गरेकोले छानविन गरी आवश्यक कारबाही गर्न भन्दै पूर्वमहामन्त्री कुलचन्द्र सुवेदी, पूर्वसहमहामन्त्री सुष्मा कार्कीसहित नौ जनाले पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिएका छन् ।
अध्यक्ष थापाले विधानविपरीत कार्यसमिति विस्तार गरेको भन्दै बदर र कारबाहीको माग गर्दै निवेदन दिनेहरू संघका पूर्वकेन्द्रीय सदस्यहरू राजेन्द्र केसी, दिलीप गौतम, योगेन्द्र श्रेष्ठ, लिलाधर भट्टराई, टाइम कट्टेल, तारा भण्डारी र मदन थापा पनि छन् ।
थापाले विगत १६ वर्षदेखि संघमा एकलौटी ढंगले चल्दा आफुहरू अन्यायमा परेको भन्दै उनीहरूले निवेदन दर्ता गराएका हुन् ।
एकलौटी रुपमा सभापति रहेर थापाले एकाधिकार रुपमा संघको प्रस्तावना र भावनाविपरित कार्य गर्दै आएको निवेदनमा भनिएको छ ।
विधानले तोकेको समयवधि सकिएको एक वर्षपछि पनि मनोमानी ढंगले कार्यसमिति विस्तार गरेकाले आफुहरू अन्यायमा परेको भन्दै निवेदकहरूले न्यायको माग गरेका छन् ।
अध्यक्ष थापाले संघलाई खल्तीबाट चलाएको भन्दै उनीहरुले तत्काल विधानसम्मत ढंगले अधिवेशन गर्न माग गरेका छन् ।
















निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया