शनिबार, माघ ३, २०८२

बलात्कार आरोपमा पक्राउ परेका सांसदलाई भोलि अदालतमा लैजाने

मेरोन्यूज २०७८ फागुन १७ गते १३:२५

काठमाडौँ । बलात्कार आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई प्रहरीले नेपालगञ्ज विमानस्थल राँझाबाट नियन्त्रणमा लिएको छ । जबरजस्ती करणी गरेको जाहेरी परेसँगै उनी बेपत्ता थिए ।

उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेको थिए । बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

उनले भने, ‘नेपालगञ्ज विमान स्थलबाट सांसद बानियाँलाई सोमबार साँझ नियन्त्रणमा लिएका हौं । मंगलबार सार्वजनिक बिदा भएकोले बुधबार म्याद थपका लागि अदालत लगिने र अनुशन्धान सुरु गरिनेछ ।’

ऋण लगेको पैसा फिर्ता गर्छु भनेर बोलाएर सांसद बानियाँले नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० वर्षीया महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडौंबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया