बलात्कार आरोपमा पक्राउ परेका सांसदलाई भोलि अदालतमा लैजाने

काठमाडौँ । बलात्कार आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई प्रहरीले नेपालगञ्ज विमानस्थल राँझाबाट नियन्त्रणमा लिएको छ । जबरजस्ती करणी गरेको जाहेरी परेसँगै उनी बेपत्ता थिए ।
उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेको थिए । बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।
उनले भने, ‘नेपालगञ्ज विमान स्थलबाट सांसद बानियाँलाई सोमबार साँझ नियन्त्रणमा लिएका हौं । मंगलबार सार्वजनिक बिदा भएकोले बुधबार म्याद थपका लागि अदालत लगिने र अनुशन्धान सुरु गरिनेछ ।’
ऋण लगेको पैसा फिर्ता गर्छु भनेर बोलाएर सांसद बानियाँले नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० वर्षीया महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडौंबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया