एमसीसीविरुद्ध ६ कम्युनिस्ट पार्टीले गरे थप संघर्षको घोषणा

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरिएकोमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले थप संघर्षको कार्यक्रम घोषणा गरेका छन् ।
विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंहको मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा (ऋषि कट्टेल), आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले एमसीसीविरुद्ध संयुक्त संघर्ष गर्दै आएका छन् ।
विरोधकाबीच एमसीसी संसदबाट अनुमोदन गरिएको भन्दै सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले हिजो नै सत्ता गठबन्धनबाट बाहिरिएको घोषणा गरिसकेको छ ।
यसअघि उनीहरुले एमसीसी संसदबाट अनुमोदन हुन नदिन दबाबमुलक आन्दोलन गर्दै आएका थिए । सडकबाट एमसीसी रोक्न दबाब दिए पनि सत्ता गठबन्धन दलहरुले नै एमसीसी सम्झौतामाथि १२ बुँदे ब्याख्यात्मक टिप्पणी गर्दै एमसीसी सम्झौता संसदबाट अनुमोदन गराएका थिए ।
एमसीसी संसदबाट अनुमोदन गरिएको विरोध स्वरुप ६ दल र दुई मोर्चाले मंगलबार थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विप्लव नेकपाको बुद्धनगरस्थित कार्यालयमा मंगलबार बसेको संयुक्त बैठकले फागुन २० गतेदेखि चैत ६ गतेसम्मको संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन २० गते काठमाडौंमा विरोध प्रदर्शन र संयुक्त विरोधसभा, फागुन २२ गते बुद्धिजीवीहरुको अन्तरक्रिया, फागुन २४ (८ मार्च) देशब्यापी विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरुको देशब्यापी प्रदर्शन र सभा तथा फागुन ३० गते मजदुरहरुको देशब्यापी विरोध प्रदर्शन र सभा रहेका छन् ।
यस्तै, चैत २ गते किसानहरुको देशब्यापी विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिक तथा दलित मोर्चाको देशब्यापी प्रदर्शन र सभा तथा अन्तिम दिन चैत ६ गते राष्ट्रिय मुक्ति मोर्चाहरुको देशब्यापी विरोध प्रदर्शन र सभा रहेका छन् ।














राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
प्रतिक्रिया