शुक्रबार, माघ २, २०८२

यस्तो छ, प्रतिनिधिसभाको भोलिको कार्यसूची

मेरोन्यूज २०७८ फागुन १७ गते १९:२८

काठमाडौं । बुधबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् ।

बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८’ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बुधबारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पनि ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया