एमसीसीका कारण माओवादी केन्द्रमा पहिरो जान थाल्यो, धमाधम पार्टी छाड्दै कार्यकर्ता

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरिएपछि माओवादी केन्द्रका कार्यकर्ताहरुले धमाधम पार्टी छाड्न थालेका छन् ।
माओवादी केन्द्रका कार्यकर्ताहरुले समाजिक सञ्जालबाटै पार्टी छाडेको घोषणा गरिरहेका छन् भने विभिन्न जिल्लामा पार्टी छाड्दै अन्य पार्टीमा प्रवेश गर्न थालेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट सोमवार केही कार्यकर्ता राप्रपा प्रवेश गरेका थिए भने आज काभ्रेको रोशी गाउँपालिकामा माओवादीका जनप्रतिनिधिसहित दर्जन बढीले माओवादी केन्द्र छाडेर विप्लव नेकपा प्रवेश गरेका छन् ।
एमसीसी पास गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रघात गरेको भन्दै रोशी गाउँपालिकाका जनप्रतिनिधि सन्च लामासहित १६ जना विप्लव नेकपा प्रवेश गरेका छन् ।
विप्लव नेकपाका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इञ्चार्ज मोहलाल चन्दले नवप्रवेशीहरुलाई टीका लगाइदिएर स्वागत गरेका थिए ।
















आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया