रघुविर महासेठ र यदुवंश झावीच विवाद : एमालेको मधेसमा बन्न थाल्यो समानान्तर कमिटी

जनकपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थानिय तहका पार्टी कमिटि निर्माणमा केन्द्रीय नेताहरुकै स्वार्थ बाझिन थालेपछि समानान्तर कमिटीहरु निर्माण हुन थालेका छन् । एमाले सचिव रघुविर महासेठ र केन्द्रीय सदस्य यदुवंश झा वीच मधेसका पार्टी कमिटिमा आफनो समुहका नेतालाई जिम्मेवारी दिने स्वार्थ वाझिदा विवाद वढेको छ । विवाद वढदै जाँदा समानान्तर कमिटिी निर्माण हुन थालेको छ ।
एमाले सचिव समेत रहेका महासेठले ब्यवसायीलाई र झाले घुसकान्डमा परेर निलम्बनमा परेका वडा अध्यक्षलाई जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वमा ल्याउन खोजेपछि अहिले विवादले उग्र रुप लिएको छ । जसकाकारण महासेठले एउटा कमिटी र केन्द्रीय सदस्य झाले अर्काे अर्काे कमिटी गठन गरेका छन् ।
मंगलबार एमाले सचिव महासेठ पक्षधरले जनकपुरधाममा अधिवेशन गराएर सुरेन्द्र भण्डारीको नेतृत्वमा ८५ सदस्यीय समानान्तर नगर कमिटी घोषणा गरेका छन् । यसअघि केन्द्रीय सदस्य यदुवंश झाले शुभनारायण मण्डलको अध्यक्षतामा ८५ सदस्यीय नगर कमिटी गठन गरेका थिए ।
सचिव महासेठ पक्षधरको अधिवेशनमा महासेठकी श्रीमती नेतृ जुली महतो प्रमुख अतिथि थिइन् । पूर्वमन्त्रीसमेत रहेकी उनी अहिले पोलिटव्यूरो सदस्य छिन् । उनको पक्षबाट नगर अध्यक्ष बनेका भण्डारी व्यवसायी हुन् ।
यसअघि सोमबार नेता झाले एमाले धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवको पहलमा अधिवेशन गराएका थिए । अधिवेशनको प्रमुख अतिथि नेतृ शिला यादव थिइन् । उनको समूहले नगर अध्यक्ष बनाएका मण्डल जनकपुरधाम १३ का वडाध्यक्ष थिए । तर घुसकाण्डमा मुछिएका उनी निलम्बनमा परेका छन् । मुद्दा विचाराधीन रहेको अवस्थामै नेता झा पक्षधरले उनलाई नगर अध्यक्ष बनाइएको हो ।
















प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया