फ्यानको शाहरुखलाई प्रश्न– लाल सिंह चड्डा हेर्नु भयो

काठमाडौं,
कोरोनाभाइरसको महामारीका कारण मनोरञ्जन क्षेत्रले निकै कठिनाइ व्यहोर्नुपर्यो । सुरुमै बन्द हुने र सबैभन्दा पछि खुल्ने क्षेत्र नै मनोरञ्जन प¥यो । र पनि यो वर्ष र आउँदो वर्ष ठूला फिल्महरु प्रदर्शनमा आउँदै छन् ।
बलिउडमै यो वर्ष आमीर खान अभिनित फिल्म ’लाल सिंह चड्डा’ प्रदर्शन हुँदै छ । हलिउडमा ब्लकबष्टर भएको फिल्म ’फरेस्ट गम्प’लाई आमीरले रिमेक गरेका हुन् । उनको फिल्म आउँदो अप्रिलमा रिलिज हुने भनिए पनि अन्ततः अगस्टमा पुगेको छ ।
यसैबीच शाहरुख खानको कमब्याक भनिएको फिल्म ‘पठान’को पनि भिडियोमार्फत डेट घोषणा गरिएको छ । उनको फिल्म जनवरी २०२३ मा रिलिज हुँदै छ । पछिल्लो समय लगातार फिल्महरू असफल हुन् थालेपछि शाहरुखले केही समयको विश्राम पश्चात अभिनय गरेको फिल्म हो, पठान ।
फिल्मको डेट घोषणा गर्दा फिल्मको केही झलक देखाइएको छ । यसले गर्दा पनि शाहरुखको फ्यान हर्षित छन् । आफ्नो फिल्म ‘पठान’ को डेट घोषणा भएपछि शाहरुखले ट्वीटरमा आस्क एसारके भनेर फ्यानहरुलाई प्रश्न सोध्न आग्रह गरे । जहाँ एक फ्यानले ’लाल सिंह चड्डा’ हेर्नु भयो रु भनेर सोधेका छन् ।
जवाफमा शाहरुखले भने, ‘अरे यार, आमर भन्छन् पहिले पठान देखाउ ।’ फिल्मको डेट घोषणा भएलगतै शाहरुखले फिल्मको पब्लिसिटी विस्तारै सुरु गरिसकेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्ममा शाहरुखले ‘स्पाइ एजेन्ट’को भूमिका निर्वाह गरेका छन् । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि मुख्य भूमिकामा छन् भने सलमान खानले ’टाइगर’ अवतारमा केमियो गरेका छन् ।










माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने सरकारकाे निर्णय
जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
प्रतिक्रिया