मानव बेचविखन तथा ओसारपसार उद्योग कसूरमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं,
मानव बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ३९ वर्षीय मोती लामा छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरूलाई एउटा मृगौला झिक्दा खासै फरक नपर्ने भन्दै उनले फकाउने गरेको आरोप प्रहरीको छ ।
एउटा मृगौलिा दिंदा ८ लाख रुपैयाँ हात पर्छ भनी उनले प्रलोभन देखाएको समेत प्रहरीले जनाएको छ ।
मृगौला झिक्नको लागि भारत लैजाने प्रयोजनार्थ काठमाडौं महानगरपालिका–१६ माछापोखरी क्षेत्रमा दुई जना व्यक्ति ल्याई राखेको भन्ने सूचना प्राप्त गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले माछापोखरीस्थित होटल न्यू दक्षिणकालीबाट दुईजना पीडितहरुको उद्धार गर्नुका साथै मोतीलाई पक्राउ गरेको हो ।
उनलाई मानब बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया