शनिबार, वैशाख २६, २०८३

गृहमन्त्री खाँणद्वारा तिलोत्तमा चक्रपथको शिलान्यास

मेरोन्यूज २०७८ फागुन २१ गते १४:०८

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा चक्रपथको शिलान्यास गरिएको छ । नगरपालिकामा निर्माण भइरहेको चक्रपथको शनिबार गृहमन्त्री बालकृष्ण खाँणले शिलान्यास गरेका हुन् ।

Advertisement
NiccNicc

मन्त्री खाँणले यो चक्रपथ निर्माणका लागि पहिलो बेसमा ६ करोडको बजेट छुट्याएका थिए । उनले चक्रपथको दिगो स्ट्रक्चर निर्माणसहित यो क्षेत्रको विकासमा कन्जुस्याइँ नगरिने बताए ।

चक्रपथ निर्माणमा आफूले सरकारको तर्फबाट बजेटको कमी हुन नदिनेसमेत उनले प्रतिबद्धता जनाएका थिए । तिलोत्तमा चक्रपथ महात्वकांक्षी योजनामा पर्छ ।

निर्माणपछि देशभरका स्थानीय तहमध्ये तिलोत्तमा चक्रपथ पहिलो हुने छ । चक्रपथ तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका ओमसतिया गाउँपालिका, बुटवल उपमहानगरनगरपालिका, देवदह नगरपालिका, रोहिणी गाउँपालिमाको मध्यभागमा पर्ने छ ।

मन्त्री खाँणले चक्रपथको बजेटका लागि सरकारबाट मात्र नभई वैदेशिक दातृ निकायसँग सहयोगको पहल गर्ने बताए ।

प्रतिक्रिया