कोरोना संक्रमित एक सय भन्दा तल
मेरोन्यूज
२०७८ फागुन २१ गते १७:१३

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । संक्रमित हुने क्रम घट्दै जाँदा शनिवार थप ९१ जनामा संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आजको अध्यावधिक विवरणमा कोरोना संक्रमणबाट मृत्यु सून्य रहेको छ ।
२४ घण्टाको अवधिमा ३६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ५८ हजार ५५५ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
हाल देशभर ६ हजार ९४७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको जनाइएको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया