आइतबार, माघ ४, २०८२

जनकपुरमा एक युवामाथि गोली प्रहार, अवस्था गम्भीर

मेरोन्यूज २०७८ फागुन २२ गते १२:०६

धनुषा । जिल्लाको जनकपुरधाममा गोली प्रहार हुँदा एक युवा घाइते भएका छन् । शनिबार राति जनकपुरधाम उपमहानगरपालिका १६ स्थित बेंगाशिवपुरमा युवामाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट कमला नगरपालिका ८ घर भएका १८ वर्षीय मुकेश मुखिया गम्भीर घाइते भएका छन् । मामा भोगी मुखियाको घरमा रहेको किराना पसलमा बसिरहेका मुकेशमाथि गोली प्रहार भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

गोली मुखियाको घाँटीमा अड्किएको धनुषा प्रहरीले जनाएको छ । घाइतेलाई राति नै उपचारका लागि काठमाडौँ ल्याइएको छ । घटना स्थलबाट पेस्तोल बरामद भएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया