जनकपुरमा एक युवामाथि गोली प्रहार, अवस्था गम्भीर
मेरोन्यूज
२०७८ फागुन २२ गते १२:०६
धनुषा । जिल्लाको जनकपुरधाममा गोली प्रहार हुँदा एक युवा घाइते भएका छन् । शनिबार राति जनकपुरधाम उपमहानगरपालिका १६ स्थित बेंगाशिवपुरमा युवामाथि गोली प्रहार भएको हो ।
गोली प्रहारबाट कमला नगरपालिका ८ घर भएका १८ वर्षीय मुकेश मुखिया गम्भीर घाइते भएका छन् । मामा भोगी मुखियाको घरमा रहेको किराना पसलमा बसिरहेका मुकेशमाथि गोली प्रहार भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
गोली मुखियाको घाँटीमा अड्किएको धनुषा प्रहरीले जनाएको छ । घाइतेलाई राति नै उपचारका लागि काठमाडौँ ल्याइएको छ । घटना स्थलबाट पेस्तोल बरामद भएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया