आइतबार, माघ ४, २०८२

ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर

मेरोन्यूज २०७८ फागुन २३ गते १२:२८

काठमाडौँ । ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइतेको उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ललितपुरको कोञ्ज्योसोम गाउँपालिका ४ नल्लुका ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । यस्तै उपचारका क्रममा दुई दिनका एक नाबालकको पनि मृत्यु भएको छ ।

गम्भीर अवस्थामा रहेका २२ वर्षीय शुभ तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले घटना स्थलमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोलीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया