शुक्रबार, वैशाख २५, २०८३

सत्ता गठबन्धनबाट बारको अध्यक्षमा गोपालकृष्ण घिमिरेले उमेदवारी दिने

मेरोन्यूज २०७८ फागुन २३ गते १३:५४


काठमाडौं । नेपाल बार एसोसियसनको आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनले वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई अध्यक्षमा उठाउने भएको छ ।
आइतबार बसेको सत्तागठबन्धका नेताहरुले घिमिरेको नाममा सहमति जुटाएका हुन् ।
कांग्रेस निकट कानुन व्यवसायीको संगठन डिएलएका पूर्वअध्यक्ष रहेका घिमिरे कांग्रेसको निर्वाचन समितिका संयोजक समेत हुन् । आज बारको नयाँ नेतृत्वका लागि उमेदवारी दर्ता हुदैछ ।
१९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । बारले निर्वाचन केन्द्र पनि तोकेको छ । बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो ।

Advertisement
NiccNicc

प्रतिक्रिया