नोबेल मेडिकल कलेजमाथि कारबाही हुन्छः गिरी

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताएका छन् ।
सोमवार सिंहदरवारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपाध्यक्ष गिरीले नोबेल मेडिकल कलेजले विद्यार्थीहरुमाथि होस्टेलको बहानामा बढी पैसा लिएको सत्य भएको र पटक पटक ध्यानाकर्षण गराएपनि कलेजले अटेरी गरेको भन्दै अबको विकल्प कारबाही भएको बताएका हुन् ।
उनले छात्रावास उचित भएपनि छात्रावासमा बस्न मात्रै विद्यार्थी भर्ना नभएको बताए । छात्रावासमा नबसेकै कारण विद्यार्थीहरुलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन नमिल्ने उनको भनाइ छ ।
उपाध्यक्ष गिरीले कलेजलाई आयोगको तर्फबाट बारम्बार ध्यानाकर्षण गरेपनि कलेजले अपहेलना गरिरहेको भन्दै अबको विकल्प भनेको सिट नदिने वा सम्बन्धनको खारेजी भएको बताए ।
उनले कलेजलाई कारबाहीको लागि आयोगमा छलफल गर्ने पनि बताए ।
त्यस्तै, आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले अहिलेको विदार्थीको विषय भनेको रकमको नभइ जीवनरक्षा, एकेडेमिक कुरा र छात्रावासको मात्र भएको बताए । उनले कलेजले छात्रावास अब अनिवार्य नगर्ने भनिसके पनि अटेर गरिरहेको बताए ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले कलेजले पैसा बढी लिएको वा घटी लिएको भन्ने अधिकार सदस्य सचिवलाई नरहेको भन्दै आक्रोश व्यक्त गरे ।
उनले नियमभन्दा बाहिर गएर कलेजले विद्यार्थीहरुसँग पैसा असुलीरहेको भन्दै सदस्यसचिव काफ्लेलाई आफ्नो भनाइ फिर्ता लिन आग्रह गरे ।
उनले आयोगको सदस्यसचिवले अहिलेसम्म विद्यार्थीहरु अनसनमा आइसक्दासमेत उनीहरुको पीडा बुझ्न नसकेको आरोप लगाए ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद एकवाल मियाँले विद्यार्थीहरुले त्यही कलेजमा पढ्न नसक्ने भन्दै उनीहरुको लागि सुरक्षित गन्तव्य खोज्नुपर्ने बताए ।
नेकपा (माओवादी केन्द्र) का सांसद हितबहदुर तामाङले विद्यार्थीहरुबाट धेरै पैसा असुलेको कुरा प्रष्ट भएको भन्दै कलेजलाई कारबाही गर्न माग गरे ।
कानून र ऐन मिचेर जाने कलेजलाई कारबाही गर्नुपर्ने सांसद तामाङको भनाइ छ ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले विद्यार्थीहरु नोबेल मेडिकल कलेजमा पढ्न नसक्ने भनेर हरेस खाइसकेको भन्दै अर्को स्थान सुरक्षित गर्नुपर्ने बताए ।
सांसद बिशंखेले विद्यार्थीहरुको अभिभावक आयोग र मन्त्रालय र सरकार भएको भन्दै मन्त्रालयले यसबारेमा ध्यान दिनुपर्ने उल्लेख गरिन् ।
नोबेल मेडिकल कलेजको एमबीबीएस प्रथम वर्षका १० विद्यार्थीहरुले कलेजमा सुरक्षामा थ्रेट रहेको भन्दै काठमाडौंको माइतीघरमा रिले अनसनमा छन् ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया