बुधबार, माघ ७, २०८२

माओवादीमा केन्द्रीय सदस्य २९७ मात्रै, प्रस्तावित सूचीकै नाम हट्यो

मेरोन्यूज २०७८ फागुन २३ गते १७:४५


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी केन्द्रीय समिति २९७ जनाको मात्रै बनाउने भएको छ । ९७ जनाको नाम थप गरेर केन्द्रीय समिति बैठकमा अनुमोदनको लागि प्रस्ताव गर्दा थप विवाद निम्तेपछि केन्द्रीय समितिको प्रस्तावित सूचीकै नाम हटेको हो ।

अव माओवादी केन्द्रीय समिति अहिलेलाई २९७ जनाको मात्रै बन्ने भएको छ । बाकी पछि थप गर्ने गरी केन्द्रीय समिति बैठकले निर्णय गर्न लागेको बैठकमा सहभागी एक नेताले बताए ।
केन्द्रीय प्रतिनिधी र १३ जना थप भएपनि अन्यको नाम अहिले हटेको ति नेताले बताए ।

प्रचण्डले सोमबारको बैठकमा २९७ जना केन्द्रीय सदस्य फाइनल भएको जानकारी दिँदै बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने बताएको एक नेताले बताए । प्रचण्डका अनुसार कुल केन्द्रीय समिति संख्याको २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य मनोनयन गर्ने प्रस्ताव गर्दै जसअनुसार ८५ जना मनोनयन हुने बताए ।

प्रतिक्रिया