बुधबार, माघ ७, २०८२

कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी

मेरोन्यूज २०७८ फागुन २३ गते २०:१५

अछाम । नेपाली कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी भएका छन् ।

निर्वाचनको दोस्रो चरणको अन्तिम नतिजाबाट शाहले भरतकुमार स्वाँरलाई पराजित गरेका हुन् ।

कुल १ हजार ४ सय ९७ मत गणना हुँदा सभापतिका उम्मेदवार पुष्प शाहले ७ सय ७९ मत ल्याएर बिजयी भए । प्रतिस्पर्धी निर्वतमान सभापति भरतकुमार स्वाँरले ७ सय ११ मत प्राप्त गरे । ७ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि आज बिहान ८ बजेबाट मतदान भएको थियो ।

दिउँसो ४ बजे मतदान सम्पन्न भएर ५ बजेबाट मतगणना सुरू गरिएको थियो ।

प्रतिक्रिया