कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी
मेरोन्यूज
२०७८ फागुन २३ गते २०:१५

अछाम । नेपाली कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी भएका छन् ।
निर्वाचनको दोस्रो चरणको अन्तिम नतिजाबाट शाहले भरतकुमार स्वाँरलाई पराजित गरेका हुन् ।
कुल १ हजार ४ सय ९७ मत गणना हुँदा सभापतिका उम्मेदवार पुष्प शाहले ७ सय ७९ मत ल्याएर बिजयी भए । प्रतिस्पर्धी निर्वतमान सभापति भरतकुमार स्वाँरले ७ सय ११ मत प्राप्त गरे । ७ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि आज बिहान ८ बजेबाट मतदान भएको थियो ।
दिउँसो ४ बजे मतदान सम्पन्न भएर ५ बजेबाट मतगणना सुरू गरिएको थियो ।
सम्बन्धित















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया