परालले छोपेको अवस्थामा भक्तपुरमा महिलाको शव फेला
मेरोन्यूज
२०७८ फागुन २४ गते ११:३४

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती हुँदै आइरहेको जग्गामा टिनको कच्ची टहराभित्र एक महिलाको शव फेला परेको छ ।
अन्दाजी ३५–४० वर्षकी जेनिसा नगरकोटीको लास परालले छोपेको अवस्थामा फेला परेको हो । जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएको थियो ।
मृतक महिलाको घाँटी अगाडि भागमा गहिरो चोट, शरीरको अन्य भागमा समेत काटेको चोटहरू र अर्धनग्न अवस्थामा रहेको देखिएको भक्तपुर प्रहरीले जनाएको छ ।
घटनास्थल प्रकृति तथा लास जाँच मुचुल्का गरी पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया