थप १९४ जनामा कोरोना संक्रमण, ३४८ जना सङ्क्रमणमुक्त
मेरोन्यूज
२०७८ फागुन २४ गते १६:४१

काठमाडौं । नेपालमा मंगलबार थप १ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा १ सय ९४ जनामा संक्रमण पुष्टी भएको हो ।
पीसीआर विधिबाट परीक्षण गरिएका ७४ तथा एन्टिजेन विधिबाट १२० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार, सोही अवधिमा थप एक जना कोरोना संक्रमितो मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ३४८ जना भने कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित अहिलेसम्म ९ लाख ५९ हजार ८१७ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा ५ हजार ८७५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।
यसैबीच, पछिल्लो २४ घण्टामा २ लाख ३ हजार ६२५ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया