थप १९४ जनामा कोरोना संक्रमण, ३४८ जना सङ्क्रमणमुक्त
मेरोन्यूज
२०७८ फागुन २४ गते १६:४१

काठमाडौं । नेपालमा मंगलबार थप १ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा १ सय ९४ जनामा संक्रमण पुष्टी भएको हो ।
पीसीआर विधिबाट परीक्षण गरिएका ७४ तथा एन्टिजेन विधिबाट १२० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार, सोही अवधिमा थप एक जना कोरोना संक्रमितो मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ३४८ जना भने कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित अहिलेसम्म ९ लाख ५९ हजार ८१७ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा ५ हजार ८७५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।
यसैबीच, पछिल्लो २४ घण्टामा २ लाख ३ हजार ६२५ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















HoR elections: Dalit community sees meager candidacies under FPTP electoral system
यस्ताे छ आज सुन चाँदीकाे मूल्य
तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया