दैलेखमा आरन पेसा संकटमा

सुर्खेत,
पुस्तौँ पुस्तादेखि चल्दै आएको सिप र प्रविधिको प्रयोगमा आधारित रहेर सञ्चालन हुँदै आएको बालीघरे प्रथा ‘आरन पेसा’ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । पुरानैशैली र औजार बनाउन प्रयोग हुने गोल र उचित पारिश्रमिक पर्याप्त मात्रामा नहुँदा आरन पेसा लोप हुने अवस्थामा पुगेको हो । प्रविधिको विकास सँगसँगै बढ्दो आधुनिकताको प्रभावले च्याप्दै जान थालेपछि समाजमा बालीघरे प्रथाका रुपमा रहेको आरन पेसा संकटमा परेकाे दैलेख ठाटीकाँधका स्थानीय बताउँछन् ।
विगतमा दैलेखका विभिन्न ठाउँहरूमा भेटिने आरन हिजोआज भने लोप हुने अवस्थामा पुगेका छन् । जिल्लाका कतिपय गाउँहरु आरन टोलका नामले समेत चिनिन्छन्। दैलेखको ठाटीकाँध गाउँपालिका लगायत केही स्थानमा मात्र सीमित मात्रामा आरन व्यवसाय चल्दै आएको छ । परम्परागत पेसाको रुपमा रहेको आरनको महत्व नबुझ्नु, नयाँ पुस्तामा सिप हस्तान्तरण हुन नसक्नु र वैदेशिक रोजगारीप्रतिको आकर्षणले आरन पेसा संकटमा परेकाे स्थानीय बताउँँछन् ।
खासगरी समाजमा बसोबास गर्दै आएका विश्वकर्मा समुदायको मुख्य पेसाको रूपमा चिनिएको आरन पेसा अहिले हराउँदै जान थालेको ठाटीकाँध- २ का पहराम कामी बताउँछन् । ‘नौमती पञ्चेबाजासहित मठमन्दिरमा आवश्यक पर्ने सामाग्रीहरु पनि आरनमा बनाउने गरिन्छ, ’ उनले भने ।
आरन पेसा सञ्चालनका लागि मुख्य रुपमा गोलको आवश्यकता पर्ने गर्दछ । “व्यावसायिक रुपमा आरन पेसा सञ्चालन गर्नेहरूले पहिले सामुदायिक वनजङ्गलमा रुख ढालेर गोल ल्याइन्थ्यो । तर, अहिले रुख काट्न नदिएपछि गोलको लागि निकै समस्या छ । गोलको साटो पथ्थर कोइला आएको भए सहज हुन्थ्याे,’ ठाटीकाँध- २ का रघे लाेहार भन्छन् ।
पछिल्लो समय विद्युतको सहायताबाट फलामको सामानमा वल्डिङ गर्ने, प्वाल पार्ने, पुराना सामानलाई नयाँ बनाउने र मर्मत गर्ने प्रविधिको समेत विकास भएकाले आरन पेसा संकटमा परेकाे उनी बताउँछन् ।
















विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया