दैलेखमा आरन पेसा संकटमा

सुर्खेत,
पुस्तौँ पुस्तादेखि चल्दै आएको सिप र प्रविधिको प्रयोगमा आधारित रहेर सञ्चालन हुँदै आएको बालीघरे प्रथा ‘आरन पेसा’ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । पुरानैशैली र औजार बनाउन प्रयोग हुने गोल र उचित पारिश्रमिक पर्याप्त मात्रामा नहुँदा आरन पेसा लोप हुने अवस्थामा पुगेको हो । प्रविधिको विकास सँगसँगै बढ्दो आधुनिकताको प्रभावले च्याप्दै जान थालेपछि समाजमा बालीघरे प्रथाका रुपमा रहेको आरन पेसा संकटमा परेकाे दैलेख ठाटीकाँधका स्थानीय बताउँछन् ।
विगतमा दैलेखका विभिन्न ठाउँहरूमा भेटिने आरन हिजोआज भने लोप हुने अवस्थामा पुगेका छन् । जिल्लाका कतिपय गाउँहरु आरन टोलका नामले समेत चिनिन्छन्। दैलेखको ठाटीकाँध गाउँपालिका लगायत केही स्थानमा मात्र सीमित मात्रामा आरन व्यवसाय चल्दै आएको छ । परम्परागत पेसाको रुपमा रहेको आरनको महत्व नबुझ्नु, नयाँ पुस्तामा सिप हस्तान्तरण हुन नसक्नु र वैदेशिक रोजगारीप्रतिको आकर्षणले आरन पेसा संकटमा परेकाे स्थानीय बताउँँछन् ।
खासगरी समाजमा बसोबास गर्दै आएका विश्वकर्मा समुदायको मुख्य पेसाको रूपमा चिनिएको आरन पेसा अहिले हराउँदै जान थालेको ठाटीकाँध- २ का पहराम कामी बताउँछन् । ‘नौमती पञ्चेबाजासहित मठमन्दिरमा आवश्यक पर्ने सामाग्रीहरु पनि आरनमा बनाउने गरिन्छ, ’ उनले भने ।
आरन पेसा सञ्चालनका लागि मुख्य रुपमा गोलको आवश्यकता पर्ने गर्दछ । “व्यावसायिक रुपमा आरन पेसा सञ्चालन गर्नेहरूले पहिले सामुदायिक वनजङ्गलमा रुख ढालेर गोल ल्याइन्थ्यो । तर, अहिले रुख काट्न नदिएपछि गोलको लागि निकै समस्या छ । गोलको साटो पथ्थर कोइला आएको भए सहज हुन्थ्याे,’ ठाटीकाँध- २ का रघे लाेहार भन्छन् ।
पछिल्लो समय विद्युतको सहायताबाट फलामको सामानमा वल्डिङ गर्ने, प्वाल पार्ने, पुराना सामानलाई नयाँ बनाउने र मर्मत गर्ने प्रविधिको समेत विकास भएकाले आरन पेसा संकटमा परेकाे उनी बताउँछन् ।













दुर्गा प्रसाईं समूहसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता
नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदी सम्पर्कविहीन
नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित
एमएडब्लु वृद्धिले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प ल्याउँदै
जङ्गल फाँडेर सुन्तलाखेती विस्तार
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया