१० सहसचिवको सरुवा (को कहाँ ?)

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले प्राविधिकतर्फ सङ्घीय तथा प्रदेश मन्त्रालयमा कार्यरत १० सहसचिवको सरुवा गरेका छन् ।
स्रोतका अनुसार, स्थानीय पूर्वाधार विकास आयोजना गण्डकी प्रदेशका कुमार थापालाई मन्त्रालयको अतिरिक्त समूहमा, अतिरिक्त समूहमा रहेका शङ्कर पण्डित र कृष्णकुमार मिश्रलाई क्रमशः स्थानीय पूर्वाधार विकास लुम्बिनी र मधेस प्रदेशमा सरुवा गरिएको छ ।
त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गणेशराज वस्तीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा तानेर उनको ठाउँमा अतिरिक्तका प्रेमदत्त भट्टलाई पठाइएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामेश्वर मरहट्ठालाई गृह मन्त्रालय वा त्यसै अन्तर्गत सरुवा गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयका दुर्गाबहादुर कार्कीलाई वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय–लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ भने अतिरिक्त समूहका शम्भु कार्कीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।
यसैगरी, मन्त्रालयले बन तथा वातावरण मन्त्रालयका सहसचिव नन्दलाल रायलाई उद्योग, पर्यटन तथा वन मन्त्रालय–मधेस प्रदेशको सचिवमा पठाउँदै त्यहाँकी सचिव विन्दुकुमारी मिश्रलाई वन तथा वातावरण मन्त्रालयमा तानिएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया