१० सहसचिवको सरुवा (को कहाँ ?)

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले प्राविधिकतर्फ सङ्घीय तथा प्रदेश मन्त्रालयमा कार्यरत १० सहसचिवको सरुवा गरेका छन् ।
स्रोतका अनुसार, स्थानीय पूर्वाधार विकास आयोजना गण्डकी प्रदेशका कुमार थापालाई मन्त्रालयको अतिरिक्त समूहमा, अतिरिक्त समूहमा रहेका शङ्कर पण्डित र कृष्णकुमार मिश्रलाई क्रमशः स्थानीय पूर्वाधार विकास लुम्बिनी र मधेस प्रदेशमा सरुवा गरिएको छ ।
त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गणेशराज वस्तीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा तानेर उनको ठाउँमा अतिरिक्तका प्रेमदत्त भट्टलाई पठाइएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामेश्वर मरहट्ठालाई गृह मन्त्रालय वा त्यसै अन्तर्गत सरुवा गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयका दुर्गाबहादुर कार्कीलाई वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय–लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ भने अतिरिक्त समूहका शम्भु कार्कीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।
यसैगरी, मन्त्रालयले बन तथा वातावरण मन्त्रालयका सहसचिव नन्दलाल रायलाई उद्योग, पर्यटन तथा वन मन्त्रालय–मधेस प्रदेशको सचिवमा पठाउँदै त्यहाँकी सचिव विन्दुकुमारी मिश्रलाई वन तथा वातावरण मन्त्रालयमा तानिएको छ ।








ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया